इस्टर्न रिजन क्रिकेटमा नेपालद्वारा थाईल्यान्ड ९ विकेटले पराजित | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

इस्टर्न रिजन क्रिकेटमा नेपालद्वारा थाईल्यान्ड ९ विकेटले पराजित

nepal vs thailand

एजेन्सी, २१ फागुन । एसीसी इस्टर्न रिजन टि–२० क्रिकेटमा नेपालले पहिलो जित दर्ता गरेको छ । आज बिहान भएको खेलमा नेपालले आयोजक थाइल्यान्डलाई ९ विकेटले पराजित गरेको हो ।

थाइल्याण्डले दिएको ६७ रनको लक्ष्य नेपालले १ मात्र विकेट गुमाएर ५.३ ओभरमा पुरा गर्दा कुशल मल्लले उत्कृष्ट पारि खेले । पारस खड्कासँग ओपनिङ आएका कुशलले १८ बलमा ३६ रनको नट आउट पारि खेले ।

यसैगरी पवर्न शर्राफ २७ रनमा अविजित रहे । उनले १० बल फेस गर्दा ३ छक्का र २ चौका प्रहार गरे । नेपालले एक मात्र विकेट पारसको रुपमा गुमाएको हो । पारस व्यक्तिगत ९ रन बनाएर आउट भए ।

टस जितेर पहिला ब्याटिङ गरेको थाइल्याण्डले निर्धारित ओभरमा सबै विकेट गुमाएर ६६ रन बनाएको थियो । थाइल्याण्डका हेनन जोर्डन सर्वा्धिक १३ रन बनाएर आउट हुँदा अरु कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाएनन् ।

नेपालका लागि करण केसीले सर्वा्धिक तीन विकेट लिँदा अबिशनाश बोहोराले २ विकेट लिए । यसैगरी सन्दीप लामिछाने र भुवन कार्कीको नाममा एक एक विकेट रह्यो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);