टी–२० विश्वकप छनोट खेल्ने २५ सदस्यीय टोली घोषणा | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

टी–२० विश्वकप छनोट खेल्ने २५ सदस्यीय टोली घोषणा

t20 worldcup NEPALI

काठमाडौं, ३ असार । सिंगापुरमा आयोजना हुने टी–२० विश्वकप छनोटको एसिया फाइनल खेल्ने नेपालको प्रारम्भिक क्रिकेट टोलीको घोषणा भएको छ । उमेश पटवाल राष्ट्रिय टोलीको प्रशिक्षक नियुक्त भएपछि मंगलवार कप्तान पारस खड्काको कप्तानीमा २५ सदस्यीय टोली घोषणा भएको हो ।

छनोट हुने खेलाडीमा कप्तान पारससँगै उपकप्तान ज्ञानेन्द्र मल्ल, अविनाश बोहरा, अमित श्रेष्ठ, बसन्त रेग्मी, भीम शार्की, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, जितेन्द्र मुखिया, करण केसी, कुशल भुर्तेल, ललित भण्डारी,नन्दन कुमार यादव र ललितनारायण राजवंशी लगायत रहेका छन् । प्रतियोगिताका लागि नेपालले प्रारम्भिक चरणमा २५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।

सन् २०२० मा आयोजना हुने विश्वकपको छनोटको रुपमा रहेको फाइनलका लागि नेपाली टोलीको बन्द प्रशिक्षण आगामी बिहिबारबाट सुरु हुनेछ । छनोट खेल आगामी जुलाई २२ देखि २८ ताखिसम्म सम्म आयोजना हुनेछ । एसिया छनोटमा नेपालसहित आयोजक सिंगापुर, मलेसिया, कतार र कुवेत रहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);