महिला विश्वकप फुटबल: फ्रान्सद्वारा नाइजेरिया पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

महिला विश्वकप फुटबल: फ्रान्सद्वारा नाइजेरिया पराजित

nigeria vs france

काठमाडौं, ३ असार । महिला विश्वकप फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा फ्रान्सले नाइजेरियालाई १–० ले हराएको छ । पहिलो हाफमा गोलरहित रहेको खेलको ७५ औँ मिनेटमा इवेरी दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि नाइजेरिया १० खेलाडीमा सीमित भयो । त्यसको केही मिनेटपछि फ्रान्सले पेनाल्टी पायो ।

विविएनी एसियीमाथि भएको फउलको भिडियो एसिस्टेन्ट रेफ्री मार्फत रिभ्यु गरेपछि रेफ्रीले फ्रान्सलाई पेनाल्टी दिएका थिए । फ्रान्सकी वेन्डी रेनार्डले पेनाल्टी प्रहार गरिन् तर नाइजेरियाकी गोलरक्षक चिएमाका नाडोजिएले चाँडै नै लाइनबाट क्रस गरेकाले रेनार्डले फेरि पेनाल्टी प्रहार गर्न पाइन् । पुनः प्रहार गरेको पेनाल्टीमा रेनार्डले गोल गरिन् र फ्रान्स १–० ले विजयी भयो ।

समूह ए बाट फ्रान्स विजेता र दक्षिण कोरियालाइ २–१ ले पराजित गरेको नर्वे उपविजेता बन्दै अन्तिम १६ मा पुगेका छन् । पराजित भएको नाइजेरियाको पनि अन्तिम १६ मा पुग्ने सम्भावना कायम छ । यस्तै समूह बी अन्तर्गत सोमबार राति नै भएको खेलमा दक्षिण अफ्रिकालाई ४–० ले पराजित गरेको जर्मनी समूह विजेता बनेको छ । यस्तै चीनसँग गोल रहित बराबरी खेलेको स्पेन समूह उपविजेता बनेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);