पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरणबारे अध्यक्ष ओलीको स्पष्टोक्तिः ‘हार–जितको विषय बनाउन आवश्यक छैन’ | ईमाउण्टेन समाचार

Our Network

जेठ १९ २०८३, बुधवार

पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरणबारे अध्यक्ष ओलीको स्पष्टोक्तिः ‘हार–जितको विषय बनाउन आवश्यक छैन’

काठमाडौँ ।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरणको विषयलाई लिएर भ्रम नछर्न आग्रह गर्नुभएको छ । भण्डारीको सदस्यता पुनर्बहाली भएको सन्दर्भमा विभिन्न टिकाटिप्पणी भइरहेका बेला अध्यक्ष ओलीले सो कुरा स्पष्ट पार्नुभएको हो । बुधवार पार्टीको कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष ओलीले भण्डारीले वि.सं. २०३७ सालदेखि नै पार्टीको सदस्य रहेको र २०३४ सालदेखि आन्दोलनमा सक्रिय रहँदै आएको ऐतिहासिक तथ्यलाई भुल्न नहुने बताउनु भयो । राष्ट्रपति पदमा निर्वाचित भएपछि सो पदको गरिमा, तटस्थता र संवैधानिक व्यवस्था बमोजिम उहाँले पार्टी सदस्यता त्याग्नुभएको उहाँले बताउनु भयो ।

अध्यक्ष ओलीले यो प्रक्रियालाई कसैको जित वा हारका रूपमा व्याख्या गर्नु गलत भएको उल्लेख गर्नुभयो । केही पक्षले यसलाई आफ्नो विजयका रूपमा प्रश्तुत गरेकोप्रति लक्षित गर्दै उहाँले कोही विजयी सिकन्दर पल्टिनुपर्ने आवश्यकता नरहेको टिप्पणी गर्नुभयो । यो हारजितको प्रश्न नभएको र केवल एउटा स्वभाविक र कानूनी प्रक्रिया भएको जिकिर गर्नुभयो । पार्टी पंक्तिलाई स–साना विषयमा अल्झिनुको साटो संगठन सुदृढीकरण र विचारको एकतामा केन्द्रित हुन उहाँले निर्देशन दिनुभयो । हरेक कुरामा विवाद खोज्ने प्रवृत्ति त्यागेर पार्टीको विधि, पद्धति र अनुशासन पालना गर्दै उच्च मनोबलका साथ अगाडि बढ्न समेत अध्यक्ष ओलीले कार्यकर्ताहरूलाई आह्वान गर्नुभएको छ ।

Leave a Reply