महिलाविश्वकप फुटबल: अमेरिकाद्धारा स्पेन र स्वीडेनले क्यानडालाई पराजित गर्दै अन्तिम ८ मा स्थान पक्का | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

महिलाविश्वकप फुटबल: अमेरिकाद्धारा स्पेन र स्वीडेनले क्यानडालाई पराजित गर्दै अन्तिम ८ मा स्थान पक्का

sweden vs canada

काठमाडौं, १० असार । अमेरिका फ्रान्समा जारी महिला विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

सोमबार राति भएको खेलमा स्पेनलाई २–१ ले पराजित गरेर अमेरिकाले अन्तिम ८ मा स्थान पक्का गरेको हो । सातौँ मिनेटमा पाएको पेनाल्टीमा मेगन रापिनोइले गोल गर्दै अमेरिकालाई सुरुवाति अग्रता दिलाइन् । नवौँ मिनेटमा जेनिफर हरमोसोले स्पेनका लागि बराबरी गोल फर्काइन् । दोस्रो हाफमा अमेरिकाले अर्को पेनाल्टी पायो । भिएआर मार्फत गरिएको लामो रिभ्युपछि अमेरिकाले पेनाल्टी पाएको हो ।

त्यसमा मेगनले व्यक्तिगत दोस्रो गोल गरिन् र अमेरिकालको जित निश्चित गरिन् । ७६ औँ मिनेटमा अमेरिकाले पाएको सो पेनाल्टीबाट स्पेन भने खुशी थिएन । हारपछि स्पेन बाहिरिएको छ भने अमेरिकाले उपाधि रक्षाको यात्रा कायम राख्ने भएको छ । क्वाटरफाइनलमा अमेरिकाले आयोजक फ्रान्सको सामना गर्नेछ । सोमबार राति नै भएको अर्को खेलमा क्यानडालाई १–० ले पराजित गर्दै स्वीडेनले अन्तिम ८ मा स्थान पक्का गरेको छ । स्वीडेनको जितमा ५५ औँ मिनेटमा स्टिना ब्ल्याकस्टेनियसले गरेको गोल नै निर्णायक बन्यो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);