ब्राजिल कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

ब्राजिल कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश

brazil copa america

एजेन्सी, १३ असार । आयोजक ब्राजिल कोपा अमेरिका फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ । शुक्रबार भएको खेलमा पाराग्वेलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले पराजित गर्दै ब्राजिल प्रतियोगिताको अन्तिम ४ मा प्रवेश गरेको हो ।

निर्धारित समयको खेल गोल रहित बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरमा गरिएको थियो । जसमा ब्राजिली गोलकिपर एलिसनले उत्कृष्ट प्रर्दशन गरे । पेनाल्टीमा ब्राजिलका विलियम, मार्किन्होस, फिलिप कौटिन्हो र ग्याब्रियल जिससले गोल गरेका थिए । भने रोबर्टो फिर्मिन्होको प्रहार असफल भएको थियो ।

पाराग्वेका गुस्तावो गोमेज र डार्लिस गोन्जालेजको प्रहार असफल भएको थियो । मिगुएल अल्मिरान, ब्रुनोे वाल्डेज, रोड्रिगो रोजासको प्रहार सफल भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);