महिला विश्वकप: इंग्ल्याण्डद्वारा नर्वे पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

महिला विश्वकप: इंग्ल्याण्डद्वारा नर्वे पराजित

England-vs-Norway

काठमाडौं, १३ असार । फ्रान्समा जारी महिला विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत बिहीबार राति भएको खेलमा इंग्ल्याण्ड सेमिफाइनलमा प्रवेश गरेको छ ।

क्वाटरफाइनलमा नर्वेलाई ३–० ले हराउँदै इंग्ल्याण्डले अन्तिम चारमा स्थान बनाएको हो । पहिलो हाफमा दुई गोल गरेको इंग्ल्याण्डले दोस्रो हाफमा थप एक गोल गरेको हो । इंग्ल्याण्डका लागि जिल स्कट, एलन ह्वाइट र लुसी ब्रोन्जले गोल गरिन् । स्कटले तेस्रो मिनेटमा नै गोल गर्दै टिमलाई सुरुवाति अग्रता दिलाइन् । ४० औँ मिनेटमा ह्वाइटले गोल गरेपछि पहिलो हाफमा इंग्ल्याण्डले २–० को अग्रता लियो । ब्रोन्जले ५७ औँ मिनेटमा गोल गर्दै इंग्ल्याण्डको ३–० को जित निश्चित गरेकी हुन् ।इंग्ल्याण्डले सेमिफाइनलमा आयोजक फ्रान्स या साबिक विजेता अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ । फ्रान्स र अमेरिकाबिच आज राति क्वाटरफाइनलको खेल हुँदैछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);