ब्राजिल कोपा अमेरिका फुटबलको फाईनलमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

ब्राजिल कोपा अमेरिका फुटबलको फाईनलमा प्रवेश

एजेन्सी । ब्राजिल कोपा अमेरिका फुटबलको फाईनलमा प्रवेश गरेका छ ।

आज बिहान सम्पन्न सेमिफाईनलको पहिलो खेलमा पेरुलाई १–० गोल अन्तरले पराजित गर्दै ब्राजिल फाईनल प्रवेश गरेको हो ।

ब्राजिलको जितमा खेलको ३५ औं पिमनेटमा लुकास पाक्केटाले नेयमारले उपलब्ध गराएको पासमा गोल गरे । कोपा अमेरिका फुटबलको यो प्रतियोगितामा ब्राजिल अपराजित टोली हो । क्वार्टर फाइनलमा ब्राजिलले चिलीलाई र पेरुले पाराग्वेलाई हराउँदै सेमिफाइनलमा पुगेका थिए ।

ब्राजिलले अघिल्लो संस्करणमा पेरुलाई ३–१ ले हराएर उपाधि जितेको थियो । ब्राजिलले अव उपाधिका लागि अर्जेन्टिना र कोलम्बियाबीचको विजेतासंग प्रतिस्पर्धा गर्नेछ । दोस्रो सेमिफाईनलको खेल बुधबार बिहान हुनेछ ।


Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);