इङ्ल्यान्ड आइसिसी टि ट्वान्टी विश्वकप २०२४ को सेमिफाइनलमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

जेठ १६ २०८३, आइतबार

इङ्ल्यान्ड आइसिसी टि ट्वान्टी विश्वकप २०२४ को सेमिफाइनलमा प्रवेश

अमेरिका विरुद्ध सानदार जित दर्ता गर्दै इङ्ल्यान्ड आइसिसी टि ट्वान्टी विश्वकप २०२४ को सेमिफाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ ।

इङ्ल्यान्डले अमेरिकालाई १० विकेटले हराउँदै अन्तिम ४ को यात्रा तय गरेको हो । अमेरिकाले दिएको १ सय १६ रनको लक्ष्य इङ्ल्यान्डले ९.४ ओभरमै कुनै विकेट नगुमाई भेटायो ।

इङ्ल्यान्डको जितमा कप्तान जस बटलरले ३८ बलमा ६ चौका र ७ छक्का सहित ८३ रनमा नटआउट रहे ।

फिल साल्ट २१ बलमा २५ रनमा नटआउट रहे । त्यसअघि टस हारेर ब्याटिङ गरेको अमेरिका १८.५ ओभरमा १ सय १५ रनमा समेटियो ।

नितिश कुमारले सर्वाधिक ३० रन बनाउँदा कोरी एन्डरसनले २९ रन जोडे ।

हर्मित सिंहले २१ तथा स्टेभेन टेलरले १२ रन बनाए । इङ्ल्यान्डका लागि क्रिस जोर्डनले ह्याट्रिक सहित ४ विकेट लिए ।

स्याम करन र आदिल राशिदले २–२ तथा लियम लिभिङस्टोनले १ विकेट लिए । जित पछि सुपर एटको समूह २ मा ३ खेलबाट ४ अंक सँगै इङ्ल्यान्ड अन्तिम चारमा पुगेको छ । अमेरिका भने विना अंक बाहिरिएको छ । ०००

Leave a Reply