एजेन्सी, ४ असार । युभेन्ट्सलाई हराउँदै नापोलीले कोपा इटालियाको उपाधि जितेको छ । बुधबार राति भएको खेलमा युभेन्ट्सलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै नापोलीले उपाधि उचालेको हो ।
फाइनलमा सर्वाधिक सफल टिम युभेन्टसलाई टाइब्रेकरमा हराउँदै नापोलीलले ६ वर्षमा पहिलो पटक कोपा इटालीयाको उपाधि जित्न सफल भयो । प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारीत ९० मिनेटमा दुबै टिमले मौका पाएका थिए । तर सदुपयोग गर्न सकेनन् ।
खेलको २६ औं मिनेटमा नापोलीका लोरेन्जो इन्सिग्रेको प्रहार पोष्टमा लाग्दा अग्रता लिनबाट जोगियो । त्यसपछि ८३ औं मिनेटमा फेरी लोरेन्जोकै प्रहार फ्रेममा रहन सकेन । जसका कारण उसले अग्रता लिनबाट जोगियो ।
त्यसपछि निर्धारीत समयमा दुबै टिमबाट गोल हुन सकेन र खेल टाइब्रेकरमा पुग्यो । जसमा युभेन्टसले दुई गोलमात्र गर्न सक्यो भने नापोलीले चार गोल गर्यो । नापोलीका लोरेन्जो, म्याटियो पोलीटानो, अर्कादियस्ज मिलिक र म्याक्सीमोभिचले गोल गरे ।




