फिफा वरीयता क्रममा नेपाल एक स्थान माथि उक्लियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

साउन २६ , काठमाण्डौँ । फिफा वरीयता क्रममा नेपाल एक स्थान माथि उक्लिएको छ । फिफाले बिहीबार सार्वजनिक गरेको वरीयताअनुसार एक सय उनान्सत्तरी औं स्थानमा उक्लिएको हो ।

वरीयतामा एक स्थान तल झरेको भारत सार्क देशमा सबैभन्दा अगाडि ९७औं स्थानमा छ भने पाकिस्तान सबैभन्दा पछाडि दुई सय औं स्थानमा छ । सार्क देशमा माल्दिभ्स एक सय ४२औं स्थानमा छ भने अफगानिस्तान एक स्थान तल झर्दै एक सय ५६औं र भुटान एक सय ६५औं स्थानमा आइपुगेको छ । एक स्थानमाथि उक्लिएको बंगलादेश एक सय उनानब्बे र श्रीलंका एक सय ९७औं स्थानमा छ ।

नयाँ वरीयताअनुसार जर्मनीलाई पछि पार्दै ब्राजिल पहिलो स्थानमा उक्लिएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);