नेपाली राष्ट्रिय फुटबल टोलीलाई आज बिदाई गरिदैँ | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

साउन २६ , काठमाण्डौ । एएफसी एसियन कप छनोटको तयारीका लागि नेपाली राष्ट्रिय फुटबल टोली भोली जापान जाने भएका छन् । अखिल नेपाल फुटबलका अनुसार सो टोलीलाई आज बिदाई गरिने भएको छ ।

नेपालले यो पटक ५ वटा खेल खेल्ने तय भएको एन्फाले जनाएको छ । एसियन कप छनोट चरणको खेलका लागि अघिल्लो पटक भनदा यसपटक बढी सख्यामा नेपाली टोलीले सहभागी हुने मौका पाएको हो । भदौँमा हुने एसिएन कप छनोट तेस्रो चरणको खेलमा नेपालले ताजकिस्तानसँग घरेलु मैदानमा प्रतिस्पर्धा गर्ने भएको छ ।

नेपालले साउन २९ देखि भदौ ३ गते सम्म विश्व विद्यालय , क्लब र उमेर समुहका टोलीसँग प्रतिस्पर्धा गर्ने भएको छ । नेपालले साउन ३२ गते क्वान्सी ग्वाक्विन विश्वविद्यालय , भदौ १ गते अमिट्सि स्पोर्टस क्लब , भदौ २ मा हनाम विश्वविद्यालय र भदौ ३ मा भिसेल कोबे यु १८ सँग प्रतिस्पर्धा गर्नेछ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);