युथ युथलेटिक्स च्याम्पियनसिपमा नेपाललाई स्वर्ण पदक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

युथ युथलेटिक्स च्याम्पियनसिपमा नेपाललाई स्वर्ण पदक

ajit gold medal

काठमाडौं, ३ चैत । नेपालका अजितकुमार यादवले तेश्रो एसियाली युथ एथलेटिक्स च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् । हङकङमा आइतबार भएको ३ हजार मिटर दौडमा अजितले नेपाललाई स्वर्ण पदक दिलाएका हुन् ।

एसियाली युथ एथलेटिक्स च्याम्पियनसिपमा यो नेपालको पहिलो स्वर्ण समेत हो । स्वर्ण जित्ने क्रममा अजितले भारत र यमनका खेलाडीलाई पछि पारेका थिए । अजितले निर्धारित दुरी ८ मिनेट ३०दशमलव ३२ सेकेण्डमा पुरा गरेका थिए ।

यसअघि उनको ब्यक्तिगत उत्कृष्ट प्रदर्शन ८ मिनेट ४४ सेकेन्ड रहेको छ । दोस्रो भएका भारतका अमितले जानगिनले ८ मिनेट ३६ दशमलव ३४ सेकेण्डको समयमा दुरी पार गरेको थिए । त्यस्तै तेस्रो भएका यमनका गुमिल अल हमातीले ८ मिनेट ३८ दशमलव ६० सेकेण्डमा निर्धारित दुरी पार गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);