माइभ्याली गोल्डकप: हिमालयन शेर्पा क्लव फाइनलमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

माइभ्याली गोल्डकप: हिमालयन शेर्पा क्लव फाइनलमा प्रवेश

Himalayan Sherpa club

काठमाडौं, ३ चैत । काकरभिटृा फुटबल ट्रेनिङ सेन्टर झापालाई शून्यका विरुद्ध तीन गोलले हराउँदै आईतबार हिमालयन शेर्पा क्लव इलाममा जारी पाँचौँ अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

जितका लागि हिमालयनकातर्फबाट खेलको पहिलो हाफको इन्जुरी समयमा त्रिदेव गुरुङले गोल गर्दै आफ्नो टीमलाई अग्रता दिलाएका थिए । त्यस्तै दोस्रो हाफको १७ औँ मिनेटमा हिमालयनका रवि थापाले गरेको प्रहार झापाका विष्णु सुनुवारको खुट्टामा लागेर गोलमा परिणत भएको थियो ।

पुन दोस्रो हाफको इन्जुरी समयमा हिमालयनका बिसन गुरुङले थप एक गोल गर्दै हिमालयनले माइभ्याली गोल्डकपको फाइनलमा आफ्नो स्थान पक्का गरेको हो । यता, झापाका खेलाडीले थुप्रै पटक गोल गर्न प्राप्त भएको अवसरलाई गोलमा परिणत गर्न नसकेपछि झापा सेमीफाइनल चरणमै प्रतियोगिताबाट बाहिरियो । खेलको म्यान अफ दि म्याच हिमालयनकै गोल किपर किशोर गिरी घोषित हुँदै नगद १० हजारसहित मेडल प्राप्त गरे । मगंलबार हुने फाइनलमा हिमालयनले अफ्रीकन मुलुक क्यामरुनको दाउफिन्स क्लवसँग प्रतिस्पर्धा गर्नेछ । क्यामरुन सेमीफाइनलमा नेपाल पुलिसलाई हराउँदै फाइनलमा प्रवेश गरेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);