दाउफीन्स माईभ्याली गोल्डकपको फाइनलमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

भदौ १७ २०८३, बिहीबार

दाउफीन्स माईभ्याली गोल्डकपको फाइनलमा प्रवेश

इलाम, २ चैत । नेपाल पुलिस क्लवलाई पाखा लगाउँदै क्यामरुनको दाउफीन्स फूटबल क्लव इलाममा जारी पाँचौं अन्तर्राष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।

शनिबार इलामको ठूलो टुँडीखेलमा भएको पहिलो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लवलाई दुई एक गोल अन्तरले हराउँदै दाउफीन्सले फाइनलको यात्रा तय गरेको हो । मध्यान्तर अगाडि प्रतिस्पर्धात्मक खेलमा दाउफिन्स क्लव क्यामरुनका टीनाले १६ औं मिनेटमा गोल गरि आफ्नो टीमलाई अग्रता दिलाएका थिए ।

मध्यान्तर पछाडिको खेलमा दाउफीन्सकै इशाले दोस्रो गोल गरे । शनिबारको खेलको म्यान अफ दी म्याच दाउफीन्स क्लव क्यामरुनका टीना घोषित भए ।

आइतबार हिमालयन शेर्पा क्लव र मेची नेत्रालय काँकरभिट्टा झापाबीच दोस्रो सेमिफाइनल खेल हुने आयोजक माइभ्याली फूटबल क्लवले जनाएको छ ।

ताजा समाचार