राजधानीमा बन्दै गरेको अन्तर्राष्ट्रिय क्रिकेट मैदान २ बर्षभित्र सम्पन्न गरिने | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

राजधानीमा बन्दै गरेको अन्तर्राष्ट्रिय क्रिकेट मैदान २ बर्षभित्र सम्पन्न गरिने

jagat biswakarma

काठमाडौं, ३ चैत । सरकारले २ वर्ष भित्र काठमाडौंको मूलपानीमा ‘अन्तराष्ट्रिय क्रिकेट मैदान’ निर्माण कार्य सम्पन्न गर्ने तयारी गरेको छ ।

युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले काठमाडौंको मूलपानीमा निर्माण कार्य अघि बढाइएको अन्तराष्ट्रिय क्रिकेट मैदानको निर्माण कार्य २ वर्ष भित्र सम्पन्न गर्ने प्रतिवद्धता जनाएका हुन् । आईतबार आफ्नो एक वर्षे कार्यकालको प्रमुख उपलब्धिहरुबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा उनले १३ औं दक्षिण एशीयाली खेलकुद प्रतियोगिता आयोजनाका लागि आवश्यक खेल पूर्वाधार निर्माण कार्य तीव्र गतिका साथ अघि बढाइएको बताएका छन् । त्यसैगरी सरकारले सबै स्थानीय तहमा १/१ वटा दीर्घकालीन महत्वका खेलग्राम निर्माण गर्ने कार्यविधि कार्यान्वयनमा ल्याएको मन्त्री बिश्वकर्माले जानकारी दिए । उनले ८ औं राष्ट्रिय खेलकुद प्रतियोगितासँग सम्बन्धित खेलका पूर्वाधार निर्माण कार्य सम्पन्न हुने चरणमा पुगेको पनि स्पष्ट पारेका थिए ।

मन्त्री विश्वकर्माले चालू आर्थिक वर्ष भित्रै देशका विभिन्न भागमा ६ वटा रंगशाला, १९ वटा कभर्ड हल, ७ वटा क्रिकेट मैदान र विभिन्न ९० स्थानमा स्थानीय खेल मैदान निर्माण कार्यलाई तीव्रता दिने योजना बनाइएको पनि उल्लेख गरे । एकबर्षभित्र खेलकूदको पूर्वाधार र नीतिगत काममा उल्लेख्य सुधार भएको मन्त्री बिश्वकर्माको दाबी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);