एक वर्ष भित्र मालपोत तथा नापी कार्यालयहरु विद्युतीय प्रणालीबाट संचालन गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

एक वर्ष भित्र मालपोत तथा नापी कार्यालयहरु विद्युतीय प्रणालीबाट संचालन गर्ने

Padma_Aryal

काठमाडौं, ३ चैत । सरकारले एक वर्ष भित्र सबै मालपोत तथा नापी कार्यालयहरु विद्युतीय प्रणालीबाट संचालन गर्ने जनाएको छ ।

भूमि व्यवस्था मन्त्री पदमाकुमारी अर्यालले सुशासन कायम गर्न तथा सेवाग्राहीको कामलाई छिटो, छिरितो रुपमा सम्पन्न गर्न देशभरका सबै मालपोत तथा नापी कार्यालयहरु एक वर्ष भित्र विद्युतीय प्रणालीबाट संचालन गर्ने जानकारी दिएका हुन् । आईतबार कलंकीस्थित मालपोत कार्यालयमा सुरु गरिएको सुधारका प्रयासहरुको निरीक्षणका क्रममा उनले सो कार्यालयमा छिट्टै सबै काम विद्युतीय प्रणालीबाट गर्ने व्यवस्था गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

उनले असार मसान्त भित्र उपत्यकाका सबै र एक वर्ष भित्र देशभरका मातपोत कार्यालयहरुको सेवा विद्युतीय प्रणालीबाट संचालन गर्ने योजना रहेको जानकारी दिए । सुशासन र सेवा ग्राहीको कामलाई सहज बनाउन आफूले ती सेवाहरु विस्तारका लागि कलंकीस्थित मालपोत कार्यालयलाई नमूना कार्यालयको रुपमा विकास गर्न लागेको मन्त्री अर्यालको भनाई छ ।

कलंकीस्थित मालपोत कार्यालयमा हुने कामलाई सहज बनाउन सहायक कक्ष स्थापना गर्ने, सेवा ग्राहीको कामलाई सहज ढंगले अघि बढाउन आवश्यक सबै प्रविधिहरुको विकास गर्ने लगायतको कामलाई सुरु गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);