सरकारी आर्थिक कारोबार विद्युतीय प्रणालीबाट | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

सरकारी आर्थिक कारोबार विद्युतीय प्रणालीबाट

bidhutiya

काठमाडौं, १२ बैशाख । सरकारले सबै खालका सरकारी आर्थिक कारोबार विद्युतीय प्रणालीबाट गर्न सुरु गरेको छ । आज अर्थमन्त्री डा. युवराज खतिवडाले अर्थ मन्त्रालयमा आयोजित कार्यक्रमकाबीच सरकारी आर्थिक कारोबार विद्युतीय प्रणालीबाट गर्ने कार्यको शुभारम्भ गरेका छन् ।

अर्थमन्त्री खतिवडाले अब छिट्टै राजस्व संकलनको सबै काम यही प्रणालीबाट सुरु गर्ने घोषणा गरे । उनले विद्युतीय प्रणालीबाट आर्थिक कारोबार गर्न आवश्यक कानून, कार्यविधि र निर्देशिका निर्माणको काममा ढिलाई नहुने पनि स्पष्ट पारे ।

अर्थमन्त्री खतिवडाले विद्युतीय प्रणालीबाट सुरु गरिएको आर्थिक कारोबारलाई व्यवस्थित बनाउन मातहतका निकायलाई निर्देशनसमेत दिए । आगामी आर्थिक वर्ष भित्र देशभर यो सेवालाई विस्तार गर्ने योजना बनाइएको राजस्व सचिव शिशिरकुमार ढुंगानाले जानकारी दिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);