अब राजस्व संकलन र भुक्तानी 'विद्युतीय प्रणाली'बाट | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

अब राजस्व संकलन र भुक्तानी ‘विद्युतीय प्रणाली’बाट

काठमाडौं, १५ फागुन । सरकारले आगामी बैशाख १ गतेदेखि राजस्व संकलन र भुक्तानी विद्युतीय प्रणालीबाट गर्ने भएको छ । नवनियुक्त अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारबाट गरिने भुक्तानी र राजश्व संकलन विद्युतीय प्रणालीबाट हुने निर्णयमा हस्ताक्षर गरेका छन् ।

यो मन्त्रिस्तरीय निर्णय कार्यान्वयन भएपछि भक्तानी लिन सरकारी कार्यालय पुग्नुपर्ने तथा कर तिर्न चेक बोकेर बैंक धाउनुपर्ने सेवाग्राहीको बाध्यता हट्ने छ । अर्थमन्त्रालयका प्रवक्ता अर्जुनप्रसाद पोखरेलका अनुसार करदाताले आफनो कम्प्युटर, ल्यापटप र मोबाइलबाट सिधै सरकारलाई राजश्व भुक्तानी गर्न सक्ने छन् ।

यस्तै सरकारी कार्यालयबाट भुक्तानी लिनका लागि बैंकको खाता नम्बर दिएपछि सम्बन्धित कार्यालयबाट सिधै भुक्तानी आदेश भई सम्बन्धित कार्यालयको खातामा रकम जम्मा हुने उनले जानकारी दिए ।विद्युतीय भुक्तानीका लागि सरकारले नेपाल इलोट्रोनिक्स पेमेन्ट सिस्टम लिमिटेडमार्फत चिप्स वा डेविट कार्डमार्फत पिएसओ मेशिनमा गएर पैसा भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ ।

नेपाल राष्ट्र बैंकले सर्वसाधारणका लागि जुनसुकै बैंक तथा वित्तीय संस्थाबाट पैसा जम्मा गर्न पाउने नीतिगत व्यवस्था गरेको छ । सम्बन्धित बैंकको खाता नम्बरबाट आफुलाई पायक पर्ने ठाउँमा रहेको जुनसुकै बैंकको शाखाबाट रकम जम्मा गर्न सकिने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);