अब सबै तहको भुक्तानी विद्युतीय प्रणालीबाट | ईमाउण्टेन समाचार

Our Network

असोज १६ २०८३, शनिबार

अब सबै तहको भुक्तानी विद्युतीय प्रणालीबाट

yubraj khatiwoda

काठमाडौं, ९ कात्तिक । सरकारले सबै तहको भुक्तानी विद्युतीय प्रणालीबाट सुरु गर्ने योजना अघि सारेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय, प्रदेश र स्थानीय तहको सबै भुक्तानी विद्युतीय प्रणालीबाटै गर्ने योजना अघि सारेका हुन्।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भुक्तानीलाई विद्युतीय प्रणालीबाट सहज ढंगले संचालन गर्न पनि सबै बैंक तथा वित्तिय संस्थाहरुलाई आग्रह गरे ।

कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले सबै बैंक तथा वित्तिय संस्थाहरुलाई सबै भुक्तानी विद्युतीय प्रणालीबाट संचालन गर्न निर्देशन दिए ।

विद्युतीय प्रणालीबाट भुक्तानीको काम गरे आर्थिक क्रियाकलाप सहज ढंगले अघि बढ्ने गभर्नर नेपालको भनाई थियो । सरकारले सबै तहको भुक्तानी विद्युतीय प्रणालीबाट गर्न आवश्यक कानुन निर्माणको कामलाई पनि अघि बढाएको छ ।