ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाईते | ईमाउण्टेन समाचार

Our Network

चैत ८ २०८०, बिहीबार

ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाईते

truck accident

नवलपुर, ३ चैत । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको कावासोतीमा दुईवटा ट्रक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

कावासोतीको खरकट्टा जंगलमा आइतबार बिहान दुई बजेतिर ना ७ ख १०९९ र ना ६ ख ११९४ नम्बरको ट्रक ठोक्किँदा दाङ घर भएका अनराम राखलको घटनास्थलमै मृत्यु भयो भने दाङकै सुदिप राई र विनोद लामा गम्भीर घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि चितवनको भरतपुर लगिएको छ ।

राखलको शवलाई पोस्टमार्टमका लागि दुम्कौली स्वास्थ्य केन्द्र देवचुलीमा पठाइएको नवलपुर प्रहरीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);