टी–ट्वान्टी वरियतामा नेपालले एक स्थान सुधार गर्दै १३ औँ स्थानमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

टी–ट्वान्टी वरियतामा नेपालले एक स्थान सुधार गर्दै १३ औँ स्थानमा

काठमाडौं। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसिसी टी–ट्वान्टी वरियतामा नेपालले एक स्थान सुधार गरेको छ ।

आइसिसीले सोमबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल एक स्थान सुधार गर्दै १४ औँ स्थानबाट १३ औँ स्थानमा उक्लिएको हो ।

घरेलु मैदानमा यही वैशाखमा सम्पन्न त्रिकोणात्मक टी–ट्वान्टी सिरिजको उपाधिसमेत नेपालले जितेको थियो । नेपालको टी–ट्वान्टीमा उत्कृष्ट वरियता ११ औँ स्थान हो ।

टी–ट्वान्टीको नयाँ वरियताको पहिलो स्थानमा इङग्ल्यान्ड छ भने दोस्रोमा भारत र तेस्रो स्थानमा न्युजिल्यान्ड छ । त्यसैगरी चौथो स्थानमा पाकिस्तान छ भने पाँचौँ स्थानमा अष्ट्रेलिया छ ।

यस्तै नेपालले एक दिवसीय वरियतामा समेत सुधार गरेको छ । एकदिवसीय वरियतामा नेपाल १६ औँ स्थानमा छ । यसअघि नेपाल १७ औँ स्थानमा रहेको थियो ।

एक दिवसीयको नयाँ वरियतामा न्युजिल्यान्ड शीर्ष स्थानमा छ भने अष्ट्रेलिया दोस्रो तथा भारत तेस्रो स्थानमा छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);