क्यानद्वारा खेलाडीको वर्गीकरण परिमार्जन, सोमपाल 'ए' श्रेणीमा | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

क्यानद्वारा खेलाडीको वर्गीकरण परिमार्जन, सोमपाल ‘ए’ श्रेणीमा

’ए’ श्रेणीलाई मासिक ५० हजार, ’बी’ श्रेणीलाई ४० हजार र ’सी’ श्रेणीलाई ३० हजार

काठमाडौं, २२ कार्तिक । नेपाल क्रिकेट संघ क्यानले केन्द्रिय सम्झौतामा परेका राष्ट्रिय क्रिकेट टोलीका पुरुष र महिला खेलाडीको वर्गीकरण परिमार्जन गरेको छ ।
यस अघि गरेको खेलाडी वर्गीकरणको चौतर्फी विरोध भएपछि क्यानले वर्गीकरण परिमार्जन गरेको हो ।

खेलाडी वर्गीकरण छनोट समितिले तयार गरेको नयाँ वर्गीकरणलाई शनिबार बसेको क्यानको बोर्ड बैठकले सर्वसम्मतले पारित गरेको हो । परिमार्जन भएको वर्गीकरणमा बलर सोमपाल कामी ’ए’ श्रेणीमा परेका छन् । यस अघि उनलाई ’बी’ मा राखिएको थियो । यस्तै ’सी’ मा रहेका अविनास बोहरालाई ’बी’ मा राखिएको छ ।

यस अघि कन्ट्रयाक्टमा नपरेका ललित नारायण राजवंशीलाई ’बी’ र सन्दीप जोहरालाई ’सी’ मा राखिएको छ । महिलातर्फ सरस्वती चौधरीलाई ’बी’ तथा ममता चौधरी र सुमन खतिवडालाई ’सी’ श्रेणीमा राखिएको छ । यस अघि गत असोज ६ गते चितवनको भरतपुरमा बसेको क्यानको बोर्ड बैठकले पुरुष तथा महिला खेलाडीको वर्गीकरण तयार गरेको थियो ।

नयाँ वर्गीकरण अनुसार पुरुषतर्फ २० र महिलातर्फ २२ खेलाडी केन्द्रिय सम्झौतामा परेका छन् । क्यानले यस पटकको सम्झौता ६ महिनाको हुने जनाएको छ । सम्झौता २०२० को जनवरी १ बाटै लागु भइसकेको क्यानले बताएको छ ।

पुरुषतर्फ ’ए’ श्रेणीको खेलाडीले मासिक ५० हजार, ’बी’ श्रेणीको खेलाडीले ४० हजार र ’सी’ श्रेणीको खेलाडीले ३० हजारको दरले तलब पाउने छन् । महिलातर्फ ’ए’ श्रेणीका खेलाडीले १५ हजार, ’बी’ ले १२ र ’सी’ श्रेणीका खेलाडीले १० हजार मासिक पाउने छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);