प्रिमियर लिग : साउथह्याम्पटन पहिलो पटक तालिकाको शीर्ष स्थानमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

प्रिमियर लिग : साउथह्याम्पटन पहिलो पटक तालिकाको शीर्ष स्थानमा

एजेन्सी , २२ कार्तिक । इंग्लिस प्रिमियर लिग फुटबलमा साउथह्याम्पटनले जित निकाल्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लिग अन्तर्गत शुक्रबार राति भएको खेलमा न्युकासल युनाईटेडलाई २–० ले पराजित गर्दै साउथह्याम्पटन शीर्ष स्थानमा उक्लिएको हो ।

साउथह्याम्पटनलाई जित दिलाउन चे एडम्स र स्टुवार्ट आम्स्ट्रोङले एक-एक गोल गरे । खेलको सातौं मिनेटमा चेले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ८२ औं मिनेटमा स्टुवार्टले गोल गर्दै साउथह्याम्पटनलाई सहज जित दिलाए ।

जितसँगै साउथह्याम्पटनले ८ खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको हो । न्युकासल ८ खेलमा ११ अंक जोडेर ११ औं स्थानमा रहेको छ । प्रिमियर लिगकै अर्को खेलमा बर्नली र ब्राइटनले गोलरहित बराबरी खेल्दै अंक बाडेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);