क्रिकेट खेलाडीले पाए एक वर्षदेखि रोकिएको तलब | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

क्रिकेट खेलाडीले पाए एक वर्षदेखि रोकिएको तलब

ACC cricket

काठमाडौं, २५ भदौ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पुरुष खेलाडीले एक वर्षबाट रोकिएको तलब पाएका छन् । नेपाल क्रिकेट संघ क्यानले बिहीबार एक विज्ञप्ति निकाल्दै केन्द्रीय सम्झौतामा रहेका खेलाडीले तलब पाएको जनाएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीबाट रकम प्राप्त भएसँगै क्यानले खेलाडीको एक वर्षको एकमुस्ट तलब खेलाडीको खातामा हालिदिएको हो । नेपाली क्रिकेट खेलाडीले वर्गीकरण सम्झौता भन्दा मासिक १० हजार बढी रकम पाएको क्यानले जनाएको छ ।

क्यानको पहलमा खेलाडीको मासिक तलबमा १० हजार बढी पठाउन आईसीसी सहमत भएको थियो । राष्ट्रिय टिमका खेलाडीले तीन श्रेणी अनुसार तलब पाउने गरेका छन् । जसमा ’ए’ श्रेणीका खेलाडीले ३५ हजार, ’बी’ श्रेणीको खेलाडीले २५ हजार र ’सी’ श्रेणीको खेलाडीले मासिक १५ हजार पाउँदै आएका थिए ।

अब खेलाडीले यो रकम भन्दा १० हजार बढी पाएका छन् । खेलाडीले अब एकमुष्ट एक वर्षको तलब पाउँदा ’ए’ श्रेणीका खेलाडीले ५ लाख ४० हजार, ’बी’ श्रेणीका खेलाडीले ४ लाख २० हजार र ’सी’ श्रेणीका खेलाडीले ३ लाख रुपैयाँ पाएको क्यानले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);