जर्मन चान्सलरमा एन्जेला मर्केल चौंथो कार्यकालका लागि निर्वाचित | ईमाउण्टेन समाचार

Our Network

असार ४ २०८३, शुक्रबार

जर्मन चान्सलरमा एन्जेला मर्केल चौंथो कार्यकालका लागि निर्वाचित

angela morkel

एजेन्सी , १ चैत । जर्मन चान्सलरमा एन्जेला मर्केल चौंथो कार्यकालका लागि निर्वाचित भएकी छिन् । जर्मनीको संसदले मर्केललाई चौंथो कार्यकालका लागि चान्सलरमा निर्वाचित गरेको छ ।

जर्मनीको तल्लो सदनका कूल ७०९ जना सांसदमध्ये ३६४ जनाले मर्केलको पक्षमा मतदान गरेका थिए । निर्वाचित भएसँगै मर्केलले नयाँ मन्त्रिपरिषद् बनाउने तयारी गरेकी छिन् । मर्केल नेतृत्वको युनियन पार्टी र सोसियल डेमोक्र्याटिक पार्टी (एसपीडी)ले गठबन्धन सरकार बनाउने बारेमा सोमबार सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

गठबन्धन बनाएका दुई पार्टी जर्मनीका सबैभन्दा ठूला पार्टी हुन् । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प, चीनका राष्ट्रपति सी जिन पिङ लगायत विभिन्न राष्ट्रका प्रमुखले चान्सलरमा निर्वाचित भएकामा मर्केललाई बधाई दिएका छन् ।

ताजा समाचार