साईबर आक्रमणको आशंकामा अमेरिकाले रुसी नागरिकमाथि प्रतिबन्ध | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

साईबर आक्रमणको आशंकामा अमेरिकाले रुसी नागरिकमाथि प्रतिबन्ध

साईबर आक्रमणको आशंकामा अमेरिकाले १९ जना रुसी नागरिकमाथि प्रतिबन्ध लगाएको छ ।

काठमाडौं, २ चैत । साईबर आक्रमणको आशंकामा अमेरिकाले १९ जना रुसी नागरिकमाथि प्रतिबन्ध लगाएको छ ।

प्रतिबन्धमा पर्नेहरुमा सन् २०१६ मा भएको राष्ट्रपति निर्वाचनका क्रममा भएको भनिएको साइबर आक्रमणको योजना बनाउने र हस्तक्षेप गर्ने व्यक्तिहरु रहेको बीबीसीले जनाएको छ । प्रतिबन्धमा परेका १९ मध्ये १३ जना गत महिना मात्रै अमेरिकाको न्याय विभागका विशेष सल्लाहकार रोबर्ट मुलरले प्रतिबन्धको सिफारिस गरेका व्यक्ति हुन् ।

कानून सचिव स्टेभन मन्नुचिनले विनाशकारी साइबर हमला तथा रसियन घुसपैठको सञ्जाल भत्काउन यो प्रतिबन्ध लगाइएको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);