बेलायतमा रुसी व्यापारीको मृत्युलाई हत्या भएको आशंका | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

बेलायतमा रुसी व्यापारीको मृत्युलाई हत्या भएको आशंका

russian businessman

एजेन्सी, ३ चैत । बेलायती पुलिसले लन्डनमा भएको रुसी व्यापारीको मृत्युलाई हत्याको आशंकामा अनुसन्धान शुरु गरेको छ । ६८ वर्षीय रुसी व्यापारी निकोलाई ग्लुसकोभको पोस्टमार्टम रिपोर्टमा घाँटी थिचिएर मृत्यु भएको उल्लेख भएपछि बेलायती प्रहरीले हत्याको आशंकामा अनुसन्धान सुरु गरेको हो ।

ग्लुसकोभ चार दिन पहिले आफ्नै घरमा मृत अवस्थामा फेला परेका थिए । रुसका पूर्व जासुस सर्गेइ स्क्रिपाल र उनकी छोरी युलियामाथि ‘नर्व एजेन्ट’बाट हमला भएको दुई हप्तापछि रुसी व्यापारी मृत अवस्थामा फेला परेका हुन् । यद्यपि बेलायती प्रहरीले यी दुई घटनाबीच कुनै सम्बन्ध नरहेको जनाएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);