क्यानाडा प्रख्यात व्यापारी मृत फेला | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

एजेन्सी, १ पौष। क्यानाडाका अरबपति व्यापारी ब्यारी शेरम्यान र उनकी पत्नी हनी शेरम्यान आज मृत फेला परेका छन्। विशाल औषधी कम्पनी एपोटेक्स का संस्थापक र अध्यक्ष समेत रहेका शेरम्यान र उनकी पत्नीको मृत्युलाई प्रहरीले शंकास्पद बताएको बीबीसीले उल्लेख गरेको छ।

उनीहरुको शव तल्लो तला बेसमेन्टमा फेला परेको बताइएको छ।

एपोटेक्सका औषधी संसारभर बेचिन्छन्। व्यापारी शेरम्यान क्यानडाका धनीहरुमध्ये एक थिए र प्रख्यात परोपकारी पनि थिए। प्रहरीले घटना लगत्तै केही विवरण दिए पनि उनीहरुको परिचय खुलाएको थिएन।

तर स्थानीयबासी, मित्रहरु र एपोटेक्सका अधिकारीहरुले स्तब्ध भएका समाचारहरु सामाजिक सञ्जालमा राखेका थिए।

एपोटेक्स सन् १९७४ मा स्थापना भएको थियो र एपोटेक्सकै अनुसार अहिले संसारमा उ सातौं ठूलो औषधी निर्माता कम्पनी हो। फोर्ब्स म्यागेजिनले शेरम्यानको व्यक्तिगत सम्पत्ति ३.२ अर्ब डलर रहेको बताउँछ।
उनीहरुका चार छोराछोरी छन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);