रुसी सेनामा नेपाली युवा पठाउने गिरोहको आशंकामा १२ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

भदौ ११ २०८१, मंगलबार

रुसी सेनामा नेपाली युवा पठाउने गिरोहको आशंकामा १२ जना पक्राउ

काठमाडौं, २० मंसिर । नेपाल प्रहरीले रुसी सेनामा नेपाली युवा पठाउने गिरोहको सदस्य रहेको आशंकामा केहीलाई पक्राउ गरेको छ । प्रहरीको टोलीले काठमाण्डौका विभिन्न ठाउँमा केही दिनदेखि चलाएको ’अप्रेशन’ का क्रममा नेपाल र भारतको बाटो हुँदै रुस पठाउने गरेको आशंकामा १२ जनालाई पक्राउ गरेको बताएको छ ।

पक्राउ पर्नेमा दिपेन परियार, क्षितिज गिरी, सुभाष लामा, मनिष न्यौपाने, रोजल महर्जन, हरिबहादुर विश्वकर्मा, ईश्वर अधिकारी, गोकर्ण अर्याल, सुजता दाहाल, सन्तोष अधिकारी, सन्तोष नेपाल र द्रोण डाँगी रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाण्डौले रुसी सेनामा जानलाई युवा खोज्ने, कागजात मिलाइदिनेदेखि लिएर भिजिट भिसा मिलाउनेसम्मका गतिविधिमा सङ्लग्न व्यक्तिलाई पक्रेको पुष्टि गरेको छ ।

पछिल्लो समय रुस–युक्रेन युद्धपछि रुसले विदेशीका लागि भर्ती खोल्दा धमाधम नेपाली युवा अवैध बाटो हुँदै त्यहाँ गइरहेका छन् । यसरी अवैधरूपमा रुसी सेनामा गएका छ जना नेपाली युवाले ज्यानसमेत गुमाएका छन् । पक्राउ परेकासँग प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);