एमालेले माग्यो,रुसी र युक्रेनी सेनामा भर्ती भएका नेपालीहरुको विवरण | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

एमालेले माग्यो,रुसी र युक्रेनी सेनामा भर्ती भएका नेपालीहरुको विवरण

काठमाडौं, १० फागुन । नेकपा(एमाले)का सांसद सूर्य थापाले रुसी र युक्रेनी सेनामा भर्ती भएका नेपालीहरुको विवरण प्रश्तुत गर्न सरकारसँग माग गर्नुभएको छ । बिहीवार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद थापाले रुसी र युक्रेनी सेनामा भर्ती भएका नेपालीहरुको अवस्था र विवरण सार्वजनिक गर्न माग गर्नुभएको हो । उहाँले रुसी सेनामा कति युवाहरु पुगेका छन् ? कतिको मृत्यु भयो ? युक्रेनी सेनामा भर्ना भएका छन् कि छैनन् भन्ने विषयमा सरकारले आधिकारिक रुपमा जानकारी दिनुपर्ने बताउनु भयो । विवरण संसदमा अविलम्व प्रश्तुत गर्न माग गर्नुभयो ।

उहाँले युक्रेनी सेनाको बन्धक रहेका भनिएका दुई जना नेपाली युवाको स्थिति सार्वजनिक गर्न पनि माग गर्नुभयो । उहाँले नेपालको घोषित परराष्ट्र नीति अन्तर्गत रुस, युक्रेन वा अन्य विदेशी सेनामा नेपाली नागरिकलाई भर्ती गराउन नपाइने भएपनि युवाहरु भर्ती भइरहेका भन्दै कसको संलग्नतामा यस्तो भइरहेको हो भन्ने पनि प्रष्ट पार्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘नेपाल सरकारले सोमेश र लालबहादुर जस्ता अरु १२ जनाभन्दा बढी यो युद्धमा मृत्यु भएका भनिएका नेपाली युवाहरुको अवस्था के छ ? केही जानकारीसम्म गराउन सकेको छैन । सञ्चार माध्यम र सामाजिक सञ्जालबाट परिवारजनले समाचार सुन्ने, आधिकारिकता थाहा पाउन नसक्ने, विचित्रको लाजमर्दो स्थिति विद्यमान छ । सरकारले उनीहरुको अवस्था जानकारी गराउन सक्ने जिम्मेवारी वहन गर्न किन सकिरहेको छैन । यो देशमा सरकार छ कि छैन ? परराष्ट्र मन्त्रालय छ कि छैन ? म प्रश्न गर्न चाहन्छु । सँगसँगै नेपालको घोषित परराष्ट्र नीति अन्तर्गत रुस, युक्रेन वा अन्य विदेशी सेनामा नेपाली नागरिकलाई भर्ती गराउन पाइदैनँ । बेलायत र भारतीय सेनामा भर्तीको पुरानो त्रिपक्षिय सम्झौता छ । बेलायतले नै सिंगापुर पुलिस र अवकाशप्राप्त गोर्खा सैनिकलाई ब्रुनाईको सुरक्षा टुकडीमा पठाउने गरेको स्थिति छ । यो सन् १९६५ भन्दा अघि बेलायतको सिंगापुर र ब्रुनाई उपनिवेश रहँदादेखिको अभ्यास हो । ति देशले गर्दै आएको र अहिलेपनि त्यो अभ्यास निरन्तर रहेको स्थिति छ । नेपालीहरु विदेशी पिआर लिएर अमेरिकी र फ्रान्सेली सेनामा समेत भर्ती भएको भन्ने सञ्चार माध्यमहरुबाट जानकारी हुने गरेको छ । अनाक्रमण, अहस्तक्षेप र असंलग्नताको परराष्ट्र नीति अंगालेको नेपालका नागरिकहरु आज रुस र युक्रेन दुवै देशको सेनामा भर्ती भएर आपसमा लडिरहेका छन् भन्ने जानकारी सरकारका सामु नपुग्नु बडो विडम्बनाको स्थिति हो । परराष्ट्र मन्त्रालय किन मौन छ ? नेपाल आफ्नो नागरिकलाई रुसी सेनामा भर्ती गर्न रोक्ने सामथ्र्यमा रह्यो कि रहेन ? यो कुरा म सोध्न चाहन्छु । आफ्नो परराष्ट्र नीति विपरित यो काम गर्न रोक्न सरकार अग्रसर हुन्छ कि हुँदैन ? म सोध्न चाहन्छु । रुसी सेनामा नेपाली युवाहरु पुगेका छन् । कति जनाको मृत्यु भयो ? युक्रेनी सेनामा छन् कि छैनन् ? सरकारले आधिकारीक रुपमा जानकारी देओस् । विवरण प्रश्तुत गरोस् र संसदमा अविलम्व प्रश्तुत होस् । युक्रेनी सेनाको बन्धक रहेका भनिएका दुईजना नेपाली युवाको स्थिति सार्वजनिक गरोस् ।’

उहाँले हमासको कब्जामा रहेका भनिएका विपिन जोशीको स्थिति सार्वजनिक गर्न पनि माग गर्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);