टर्कीको राष्ट्रपतिमा अर्दोगान दोस्रो कार्यकालका लागि निर्वाचित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

टर्कीको राष्ट्रपतिमा अर्दोगान दोस्रो कार्यकालका लागि निर्वाचित

turkey president

एजेन्सी, ११ असार । टर्कीको राष्ट्रपतिमा रिसेप तैयेप अर्दोगान दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । अर्दोगान ५३ प्रतिशत मत ल्याएर दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी मुहर्रम इन्चेले ३१ प्रतिशत मत प्राप्त गरेको त्यहाँको निर्वाचन आयोगले जनाएको छ । निर्वाचित भएसँगै अर्दोगानको सत्ता थप पाँच वर्ष लम्बिने निश्चित भएको छ । अर्दोगानमाथि असफल सैनिक कू पछि संसद् समेतको शक्ति हत्याएर विपक्षी आवाजलाई निस्तेज बनाएको आरोप लाग्दै आएको थियो ।

सन् २०१६ को जुलाईमा गरिएको असफल सैन्य कू पछि टर्कीमा संकटकालीन अवस्था जारी रहेको छ । अर्दोगानले आफ्नो पार्टी एके पार्टीको शासकीय गठबन्धनले संसदमा समेत बहुमत सुरक्षित गरेको दाबी गरेका छन् । तर, विपक्षीले भने अर्दोगान दाबी गलत भएको बताएको छ । टर्कीमा राष्ट्रपति र संसदीय निर्वाचन एकै साथ भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);