खसोग्गी हत्यामा राजपरिवारको कुनै किसिमको संलग्नता नभएको साउदी सरकारको दावी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

खसोग्गी हत्यामा राजपरिवारको कुनै किसिमको संलग्नता नभएको साउदी सरकारको दावी

Khashoggi murder

काठमाडौं, ६ मंसिर । साउदी अरेबीयाले आफ्नो राज सस्थाका सदस्य विशेष गरी राजा र क्राउन प्रिन्स युवराज मोहम्मद बिन सलमानका बारेमा गरिने कुनैपनी किसिमको टिप्पणी वा खराव नियतलाई स्विकार नगर्ने बताएको छ । पत्रकार खसोग्गीको हत्या प्रकरणमा साउदी युवराज सलमानको संलग्नता रहेको भन्ने विषयमा साउदी अरेवियाले यस्ता खराव नियतलाई स्विकार नगर्ने बताएको हो ।

टर्कीको इस्तानबुलस्थित साउदी अरबको महावाणिज्य दूतावासमा अक्टोबर २ का दिन हत्या गरिएका पत्रकार खसोग्गीको हत्यामा युवराज सलमानकै हात रहेको भन्ने कुरामा अमेरिकी गुप्तचर निकाय सिआइएले निष्कर्ष निकालेको थियो । अमेरिका निवासी पत्रकार खसोग्गी हत्याबारे आफूले गरेको अध्ययनको विवरण सिआइएले देशको संसद्सहित अमेरिकी सरकारको अन्य अंगलाई जानकारी गराइसकेको बताइएको छ ।

रियादले खसोग्गी हत्याका लागि युवराज सलमानले आदेश नदिएको बताए पनि सिआइएको अनुसन्धान प्रतिवेदन भने खसोग्गीको हत्यमा युबराज सलमानकै हात रहेको निष्कर्ष निकालेको थियो । तर साउदी अधिकारीहरुले खसोग्गीको हत्या प्रकरणमा युवराज सलमानको संलग्नताबारे लगातार अस्वीकार गर्दै आइरहेका छन् । ३३ वर्षिय युवराज मोहम्मदमाथि बढ्दो अन्तराष्ट्रिय छानबीनले केही खेमामा युवराजको विरासत खोसिनसक्ने अनुमानहरु उब्जिएका थिए । तर साउदीको पूर्ण राजतन्त्रमा त्यस्तो गर्ने अधिकार राजालाई मात्र हुन्छ ।

राजा सलमानको बयानले उनले युवराज मोहम्मदबाट सत्ता हातमा लिने कुनै संकेत देखिएको छैन । साउदी अरेबियाले आफ्नो राज संस्थाका सदस्य विशेष गरी राजा सलमान र क्राउन प्रिन्स मोहम्मद बिन सलमानका बारेमा गरिने कुनै पनि किसिमको टिप्पणी वा खराब नियतलाई स्वीकार नगरिने बताएको छ ।

टर्कीको स्थानबुलमा रहेको साउदी कन्सुलर कार्यालयमा हत्या भएका पत्रकार जमाल खाशोग्गीको मामिलामा अन्तराष्ट्रिय समुदायको दबाब क्राउन प्रिन्स मोहम्मद बिन सलमान माथि बढ्दै गएका बेला साउदी अरेबियाका विदेश मन्त्री अदेल अल–जुबेरले यस्तो बताएका हुन् । अमेरिकाको सिनेटको परराष्ट्र सम्बन्ध कमिटिका सदस्य सिनेटरले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पत्र लेखेर खाशोग्गीको हत्यामा क्राउन प्रिन्सको भूमिका वा संलग्नता रहे–नरहेको स्पष्ट हुने गरी अनुसन्धान गर्न माग गरेको भोलिपल्ट साउदी अरेबियाको यस्तो भनाई आएको हो ।

दशक भन्दा लामो समय साउदी राजपरिवारको सल्लाहकारको रुपमा रहेका खाशोग्गी पछिल्लो समय साउदी सत्ता विशेष गरी क्राउन प्रिन्सको तीव्र आलोचक बनेका थिए । यहि कारण उनको हत्या भएको र त्यसमा क्राउन प्रिन्सकै निर्देशन रहेको आशंका तथा आरोपहरु लाग्दै आएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);