लुम्बिनी प्रदेशसभाबाट दुई विधेयक पारित एमालेको नाराबाजी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

लुम्बिनी प्रदेशसभाबाट दुई विधेयक पारित एमालेको नाराबाजी

बुटवल । लुम्बिनी प्रदशसभाबाट दुर्य विधेयक पारीत भएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बैठक शुरु हुनासाथ रोष्टमा पुगेर नाराबाजी गरे पनि प्रदेशमा दुईवटा विधेक पारित भएको हो । सभामार्फत प्रदेशको नाम सुधार तथा केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको विधेयक र प्रदेश ५ को प्रदेश पदक ऐन २०७६संशोधन गर्न बनेको प्रतिवेदनसहितको विधेयक पारीत भएको हो ।

एमाले सांसदको नाराबाजीकै बीच सभामुख पूर्णबहादुर घर्तीले दुवै विधेयक निर्णयार्थ प्रस्तुत गरेका थिए । दुई विधेयक पारित भएसँगै बैठक अपरान्ह ४ बजेसम्मका लागि स्थगित भएको छ । ४ बजे बस्ने बैठकमा सरकारले प्रतिस्थापन विधेयक मार्फत नयाँ बजेट ल्याउने छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);