राष्ट्रपति भण्डारीले फिर्ता पठाएको नागरिता विधेयक आज पारित गर्ने तयारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

राष्ट्रपति भण्डारीले फिर्ता पठाएको नागरिता विधेयक आज पारित गर्ने तयारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचार गर्न भन्दै गत आईतबार संसदमै फिर्ता गरेको नागरिकता विधेयक जस्ताको तस्तै बिहिबारको प्रतिनिधि सभा बैठक बाट पारित हुने भएको छ । राष्ट्रपति भण्डारीले सन्देश सहित फिर्ता पठाएको नागरिकता विधेयक सक्ता गठबन्धन बीच पुनः जस्ताको तस्तै पारीत गर्ने सहमती पछि आजको प्रतिनिधिसभा बैठकबाट उक्त बिधेयक पारित हुने भएको हो । एमाले बिरोधको बीच गत साउन १५ गते सक्ता गठबन्धका संसदले प्रतिनिधिसभा मार्फत हतार हतारमा बहुमतले उक्त बिधेयक पारित गरेर पठाएका थिए भने बैठकमा बिधेयकलाई एमाले संसदहरुले विषयगत समितिमा छलफलका लागि पठाउनु पर्ने भन्दै माग गरीरहेका थिए । यधपी सक्ता गठबन्धन दलहरुले भने राष्ट्रपती भण्डारीले आफू पहिले आबद्ध रहेको एमालेको पक्षमा काम गरिरहेको भन्ने आरोप लगाउँदै उक्त विधेयक जस्ताको तस्तै पुनः आजको प्रतिनिधिसभा बैठकबाट पारित गर्ने भएका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);