अमेरिकाद्वारा अन्तरिक्ष फौज गठन, विश्वको नयाँ युद्धस्थल अन्तरिक्ष : ट्रम्प | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८०, मंगलबार

अमेरिकाद्वारा अन्तरिक्ष फौज गठन, विश्वको नयाँ युद्धस्थल अन्तरिक्ष : ट्रम्प

एजेन्सी, ५ पुस । अमेरिकाले अन्तरिक्षमा युद्ध गर्न सक्षम हुने स्पेस फोर्स अर्थात् अन्तरिक्ष फौज गठन गरेको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले स्पेस फोर्स अर्थात् अन्तरिक्ष फौज गठन गरिएको औपचारिक घोषणा गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

अन्तरिक्षमा रकेट पठाएको सत्तरी वर्षभन्दा बढी समयपछि अमेरिकी सेनाको नयाँ फौजको रूपमा सार्वजनिक गरिएको अन्तरिक्ष फौजले अमेरिकी वायुसेना अन्तर्गत रहेर काम गर्नेछ ।

वाशिङ्टनस्थित एक सैन्य अखडामा नयाँ फौजको घोषणा गर्दै ट्रम्पले अन्तरिक्ष विश्वको नयाँ युद्धस्थल भएको बताएका छन् ।

गत साता अमेरिकी कंग्रेसको दुवै सदनबाट अमेरिकी सेनाका लागि ७ सय ३८ अर्ब अमेरिकी डलरको प्रतिरक्षा विधेयक पारित भएपछि नयाँ फौज गठन भएको हो । अन्तरिक्ष फौज गठनका लागि यो वर्ष चार करोड अमेरिकी डलर विनियोजन गरिने ह्वाइट हाउसले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);