फ्रान्समा भैरहेको प्रदर्शन हिंसात्मक बन्दै | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

फ्रान्समा भैरहेको प्रदर्शन हिंसात्मक बन्दै

france

एजेन्सी, २२ मंसिर । फ्रान्समा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा फेरी प्रदर्शन चर्किएको छ । पहेलो ज्याकेट लगाएका पाँच हजार भन्दा वढि मानिसहरु पेरिस स्थित सिटि सेन्टरमा भेला भएर मूल्यवृद्धिको विरोध गरेका छन् ।

फ्रान्सेली अधिकारीहरुले भने विरोधको कुनै अर्थ नभएको बताउँदै आएका छन् । प्रदर्शनकारीहरूले आक्रोश पोख्ने क्रममा कानुन उल्लङ्घन गरेको अधिकारीहरुले बताएका छन् । पछिल्लो प्रदर्शनका क्रममा सयौंको संख्यामा प्रदर्शनकारीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पेट्रोलियम पदार्थमा मूल्यवृद्धिको विरोधमा फ्रान्समा लगातार प्रदर्शन हुँदै आएको छ । पहेँलो टिसर्ट लगाएका प्रदर्शनकारीहरूले प्यारिसमा इन्धनको मूल्यवृद्धिविरूद्ध भएको प्रदर्शनकको क्रममा प्रहरीले प्रदर्शनकारीहरु माथी पानीको फोहोरा प्रहार गरेको छ ।

त्यस्तै सयौंको संख्यामा प्रदर्शनकारीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शान्तिपूर्ण प्रदर्शन भनिएपनि पछिल्लो समय प्रदर्शन हिंसात्मक बन्दै गएको छ । इन्धनको मुल्यबृद्धिसँगै महंगिन थालेको जीवनशैलीप्रति धेरैले आक्रोश देखाएका छन् ।

फ्रान्सका राष्ट्रपति इमानुयल माक्रोँले विश्वव्यापी जलवायु परिवर्तनको सामना गर्न पनि आफ्नो सरकारले खनिज इन्धनलाई लिएर सही नीति लिएको र त्यसैकारण इन्धनको मूल्यवृद्धि आवश्यक रहेको बताउँदै आएका छन् ।

माक्रोँले हिंसा र आगजनीको औचित्य पुष्टि हुन नसक्ने र प्रदर्शनकारीहरूले देशलाई अस्तव्यस्त बनाउन खोजेको टिप्पणी गरेका छन् । फ्रान्सका प्रधानमन्त्री एडवार्डो फिलिपले समेत राजधानी प्यारिसमा पछिल्ला विरोध प्रदर्शनहरूका क्रममा प्रहरीसँग झडपमा उत्रिएका प्रदर्शनकारीहरूको निन्दा गरेका छन् ।

तर प्रदर्शनकारीहरु उनको यो भनाइसंग सहमत हुन सकेका छैनन । प्रदर्शनकारीहरु लगातार पेट्रोलियम पदार्थको मूल्य घटाउन माग गर्दै आएका छन् । केहि समय रोकिएको प्रदर्शन फ्रान्सेली राष्ट्रपति एमानुएल माक्रोँले सरकारले इन्धन करमा गरेको वृद्धि फिर्ता नगर्ने बताएपछि पुन चर्किएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);