फ्रान्समा भएको सरकार विरोधि प्रदर्शनको राष्ट्रपति माक्रोद्वारा निन्दा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

फ्रान्समा भएको सरकार विरोधि प्रदर्शनको राष्ट्रपति माक्रोद्वारा निन्दा

emmanuel macron

एजेन्सि, १६ मंसिर । फ्रान्सेली राष्ट्रपति एमानुएल माक्रोले देशभर भएका सरकार विरोधी प्रदर्शनको क्रममा राजधानी प्यारिसमा भएका हिंसाको भ्रत्सना गरेका छन । उनले प्रदर्शनकारीहरूले आक्रोश पोख्ने क्रममा कानुन उल्लङ्घन गरेको बताएका छन् । पेट्रोलको मूल्यवृद्धिका विरोधमा उत्रिएका प्रदर्शनकारीहले राष्ट्रिय स्मारकको अपमान गरेको बताएका छन ।

फ्रान्समा पहेँलो टिसर्ट लगाएका प्रदर्शनकारीहरूले इन्धनको मूल्यवृद्धिको विरोधमा भन्दै गरेको हिंसात्मक प्रदर्शनको क्रममा थुप्रै निजी तथा सार्वजनिक भवनमा आगजनी गरिएको र थुप्रै मानिस घाइते भएपछि अर्जेन्टिनामा जी ट्वेन्टी शिखर सम्मेलनमा पुगेका राष्ट्रपति माक्रोँ आक्रोशित भएका हुन ।

प्यारिसमा इन्धनको मूल्यवृद्धिविरूद्ध भएको प्रदर्शनकको क्रममा आर्क डि ट्रिओम्फ स्मारक स्थलमा प्रहरी तथा प्रदर्शनकारीहरूबीच भीषण झडपहरू भएका थिए । प्रदर्शनकारीहरूले राष्ट्रिय स्मारक आर्क डि ट्रीओम्फमाथि चढेर त्यसको अपमान गरेको भन्दै राष्ट्रपति माक्रोँले उनीहरूको कदमको निन्दा गरेका छन ।

फ्रान्समा इन्धनको मूल्यवृद्धिविरूद्धको प्रदर्शनका समय झडप उग्र वनेपछि प्रदर्शनकारीहरूलाई रोक्न सुरक्षाकर्मीले पानीका फोहोरा र अश्रुग्यास प्रहार गरेका थिए भने प्रदर्शनकारीहरूले प्रहरीतर्फ ढुंगामुढा गर्दै ठाउँ ठाउँमा आगजनी गरेका थिए । झडपका क्रममा १७ जना सुरक्षा फौजका सदस्यसहित कम्तिमा ११० जना घाइते भएका छन् र २७० जनालाई प्रहरी नियन्त्रणमा लिइएको बताइएको छ ।

इन्धनको मुल्यबृद्धिसँगै महंगिन थालेको जीवनशैलीप्रति धेरैले आक्रोश देखाएका छन । फ्रान्सका आन्तरिक मामिला मन्त्रीका अनुसार १९० वटा आगलागी नियन्त्रणमा लिइसकिएको छ भने ६ वटा भवनहरू अझै जलिरहेका छन ।

जी ट्वेन्टी सम्मेलनमा बोल्दै माक्रोँले विश्वव्यापी जलवायु परिवर्तनको सामना गर्न पनि आफ्नो सरकारले खनिज इन्धनलाई लिएर सही नीति लिएको र त्यसैकारण इन्धनको मूल्यवृद्धि आवश्यक रहेको बताएका छन । माक्रोँले हिंसा र आगजनीको औचित्य पुष्टि हुन नसक्ने र प्रदर्शनकारीहरूले देशलाई अस्तव्यस्त बनाउन खोजेको टिप्पणी गरेका छन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);