फ्रान्समा पेन्सन बिलको विरोधमा हिंसा, लाखौं जनता सडकमा उत्रिए | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

फ्रान्समा पेन्सन बिलको विरोधमा हिंसा, लाखौं जनता सडकमा उत्रिए

फ्रान्स, १० चैत्र । फ्रान्समा पेन्सन सुधार विधेयकको विरोधमा बिहीबार विभिन्न सहरमा दुई सयभन्दा बढी प्रदर्शन भएका छन् । म्याक्रोन सरकारको निर्णयविरुद्ध करिब ३५ लाख मानिस सडकमा उत्रिएका हुन् ।

राजधानी पेरिसमा करिब ८ लाख मानिसले ¥याली निकालेका थिए । राति अबेरसम्म धेरै प्रदर्शनकारीको प्रहरीसँग झडप समेत भएको थियो । बोर्डो सहरमा आक्रोशित जनताले सिटी हलको मुख्य गेटमा आगजनी गरेका छन् । संघको तर्फबाट प्रदर्शनमा उत्रिएका व्यक्तिहरुले हातमा झण्डा, पोस्टर र ब्यानर बोकेका थिए । यसमा पेन्सन विरोधी विधेयक र म्याक्रो विरोधी नारा लेखिएको थियो ।

सेवानिवृत्तिको उमेर ६२ बाट बढाएर ६४ वर्ष गरेको विरोधमा जारी आन्दोलनका क्रममा अधिकांश सहरमा विद्यालय र कलेज बन्द रहे । केही शहरहरूमा, प्रदर्शनकारीहरूले बस स्टपहरू, बिलबोर्डहरू, पसलका झ्यालहरू र पत्रपत्रिका स्टलहरूमा तोडफोड गरे। सो क्रममा प्रहरीले उनीहरुलाई रोक्न अश्रुग्यास प्रहार गरेको थियो । फ्रान्सका गृहमन्त्री गेराल्ड डार्मानिनले झडपमा करिब १२० प्रहरी घाइते भएको बताएका छन् । सोही क्रममा प्रदर्शनकारीका करिब १०० जनालाई नियन्त्रणमा लिइएको थियो ।

बिहीबार राति बोर्डो सहरमा प्रदर्शनकारीले सिटी हलको मुख्य गेटमा आगजनी गरेका थिए । यसअघि मार्च २२ मा दिएको एक अन्तर्वार्तामा राष्ट्रपति इमानुएल म्याक्रोनले भनेका थिए– मलाई यो विधेयकप्रति कुनै पछुतो छैन । देशको हितका लागि हामी आवश्यक छौँ । प्रधानमन्त्री एलिजाबेथ बोर्नले आफ्नो पदबाट राजीनामा दिने छैनन्। मलाई एउटै कुरामा अफसोस छ कि मैले फ्रान्सेली जनतालाई यो बिलको आवश्यकताको बारेमा विश्वस्त पार्न सकेन। कोरोनापछि मुलुकमा मुद्रास्फीति बढेको छ । त्यसकारण हामीलाई यो विधेयक चाहिन्छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);