इक्वेडरमा पत्रकारलाई पठाइँदै छ पेनड्राइभ बम, कम्प्युटरमा इन्स्टल गरेलगत्तै विस्फोट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

इक्वेडरमा पत्रकारलाई पठाइँदै छ पेनड्राइभ बम, कम्प्युटरमा इन्स्टल गरेलगत्तै विस्फोट

एजेन्सी । दक्षिण अमेरिकी देश इक्वेडरमा पत्रकारलाई विस्फोटक पेनड्राइभ पठाइएको छ । पत्रकारले आफ्नो ल्यापटप वा डेस्कटपमा पेनड्राइभ राख्ने बित्तिकै विस्फोट हुन्छ। यी पेनड्राइभहरू इक्वेडरका ५ भन्दा बढी पत्रकारहरूलाई पठाइएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

मार्च २० मा इक्वेडरको स्थानीय टिभी च्यानल इक्वाभिसाको कार्यालयमा विष्फोट भएको थियो। अनुसन्धान गर्दा यो पेनड्राइभ पत्रकार लेनिन आर्टियाडालाई पठाइएको पत्ता लाग्यो । उसले आफ्नो ल्यापटपमा प्लग गर्ने बित्तिकै विस्फोट भयो। विष्फोटमा कोही पनि गम्भीर घाइते भएका छैनन् ।

पत्रकार लेनिन आर्टिडा अपराध र भ्रष्टाचार सम्बन्धी आफ्नो खोज समाचारका लागि परिचित छन्। प्रहरीले यस घटनामा एकजना संदिग्धको पहिचान गरेको छ । तर, घटनाको गम्भीरतालाई ध्यानमा राख्दै अभियुक्तसँग सम्बन्धित जानकारी भने सार्वजनिक गरिएको छैन । प्रहरीका अनुसार यस किसिमको आक्रमण पहिलो पटक देखिएको हो ।

इक्वाभिसाको रिपोर्ट अनुसार यो पेनड्राइभ भित्र एउटा क्याप्सुल थियो, जसमा आरडीएक्स भरिएको थियो । विस्फोटका क्रममा पेनड्राइभमा रहेको आरडीएक्सको आधा मात्रै विस्फोट भएको थियो । यदि पूरै आरडीएक्स विस्फोट भएको भए विस्फोट धेरै ठूलो हुने थियो। पेनड्राइभ कम्प्युटरमा जडान गर्दा आरडीएक्समा विद्युतीय चार्ज भएको मानिन्छ । जसका कारण सक्रिय भएर विस्फोट भएको हो ।

एनजीओ फन्डमिडियाजका अनुसार टिसी, रेडियो एक्सा र टेलियामाजोनास नामका ३ थप च्यानलका पत्रकारले विस्फोटक पेनड्राइभ पाएका छन् । उनले कम्प्युटरमा पेनड्राइभ पनि घुसाए तर विस्फोट भएन । यी पेन ड्राइभ कम्प्युटरको सट्टा एडाप्टरमा जडान गरिएको प्रहरीले जनाएको छ । जसका कारण आरडीएक्सले पर्याप्त विद्युतीय चार्ज पाउन सकेन र विस्फोट पनि भएन ।

अनुसन्धान अधिकारीहरूले टेलिमाजोन्स च्यानलका पत्रकार मिल्टन पेरेजले प्याकेजमा पेनड्राइभसँगै एउटा नोट फेला पारेको बताए। यसमा लेखिएको थियो– पेनड्राइभमा रहेको जानकारीले इक्वेडरको राजनीतिक आन्दोलन कोरिज्मोको बारेमा ठूलो खुलासा गर्नेछ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);