ह्वाइट हाउसका चिफ अफ स्टाफ जोन केलीले राजीनामा दिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

ह्वाइट हाउसका चिफ अफ स्टाफ जोन केलीले राजीनामा दिने

trump-john-kelly-gty

काठमाडौं, २३ मंसिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसका चिफ अफ स्टाफ जोन केलीले यही वर्षको अन्त्यसम्ममा पदबाट राजीनामा दिने बताएको छ ।

पछिल्लो समय जोन केलीसँग सम्बन्ध विग्रँदै गएपछि राष्ट्रपति ट्रम्पको यो भनाइ सार्वजनिक भएको हो । यसअघि हेल्मण्ड सेक्युरिटी विभागको प्रमुख रहेका केलीलाई राष्ट्रपति ट्रम्पले त्यहाँबाट राजीनामा गर्न लगाएर चिफ अफ स्टाफ बनाएको हो ।

तर, अहिले उनीहरुबीच बोलचालसमेत बन्द रहेको बताइएको छ । राष्ट्रपति ट्रम्पले आगामी दुईतीन दिनमै भावी चिफ अफ स्टाफको नाम सार्वजनिक गर्नेसमेत बताएका छन् । यसअघि पनि राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसका चिफ अफ स्टाफ परिवर्तन गरेका थिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);