अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पबिरुद्ध चौथो पटक फौजदारी अभियोग | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पबिरुद्ध चौथो पटक फौजदारी अभियोग

trump

काठमाडौं, ३१ साउन । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि २०२० मा भएको राष्ट्रपति निर्वाचनमा धाँदली गरेको आरोप लागेको छ । सोमवार पूर्वराष्ट्रपति ट्रम्पबिरुद्ध सो आरोप लगाइएको हो । ट्रम्पले सन् २०२० मा भएको राष्ट्रपति निर्वाचनमा जर्जियामा निर्वाचनका दौरान धाँदली गरेको आरोप लागेको एक स्थानीय सञ्चारमाध्यमले जिकिर गरेको छ ।

यस वर्ष पूर्वराष्ट्रपति ट्रम्पबिरुद्ध दायर भएको यो चौथो फौजदारी अभियोग हो । यसअघि पनि ट्रम्प र अन्य १८ जनाबिरुद्ध दक्षिणपूर्वी अमेरिकामा आपराधिक आरोप लागेको थियो । ट्रम्पबिरुद्ध राज्यको ¥याकेटियरिङ ऐन उल्लंघन गर्ने, सरकारी अधिकारीलाई आफ्नो शपथमा उल्लंघन गर्न आग्रह गरेको, सरकारी अधिकारीको नक्कल गरेको, राज्यबिरुद्ध षड्यन्त्र गरेको लगायतका १३ वटा मुद्दा लगाइएको थियो । अहिलेको अभियोग भने फुल्टनका जिल्ला न्यायाधिवक्ता फानी विलिसद्वारा साढे २ वर्षको अनुसन्धानपछि लगाइएको हो ।

फुल्टन काउन्टी ग्राण्ड जुरीद्वारा जारी गरिएको ४१ पन्ने अभियोग पत्रमा उहाँ र अन्य १८ जनामाथि ठगीको मामिलामा अभियुक्त बनाइएको छ र उनीहरूमाथि अभियोग चलाइनेछ । ट्रम्पले सबै आरोप खारेज गर्दै आउनुभएको छ । फेब्रुअरी २०२१ मा, फुल्टन काउन्टीका जिल्ला अधिवक्ता फानी विलिसले ट्रम्प र उहाँका सहयोगीबिरुद्ध चुनावी हस्तक्षेपको आरोपमा अनुसन्धान शुरु गर्नुभएको थियो ।

अभियुक्तको सूचीमा ट्रम्पका पूर्व वकिल रुडी जिउलियानी, ह्वाइट हाउसका पूर्व चीफ अफ स्टाफ मार्क मेडोज, ह्वाइट हाउसका पूर्व सल्लाहकार जोन ईस्टम्यान र न्याय विभागका पूर्व अधिकारी जेफ्री क्लार्कको नाम छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);