पूर्वराष्ट्रपति ट्रम्पको कम्पनीमाथि फौजदारी अनुसन्धान सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

पूर्वराष्ट्रपति ट्रम्पको कम्पनीमाथि फौजदारी अनुसन्धान सुरु

एजेन्सी । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको कम्पनी ट्रम्प अर्गनाइजेशनमाथिको अनुसन्धान अब देवानीमा सीमित नरही फौजदारी भएको छ ।

सम्भावित फौजदारी अपराधलाई लिएर पनि ट्रम्प अर्गनाइजेशनमाथि अनुसन्धान थालिएकोे न्यूयोर्ककको महान्यायाधीवक्ताको कार्यालयले बताएको हो ।

राज्यकी महान्यायाधीवक्ता लेटिशिया जेम्सका प्रवक्ताले ट्रम्प अर्गनाइजेशनमाथिको अनुसन्धान पूर्ण रुपमा देवानीमा मात्रै सिमित नरहेको स्पष्ट गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । न्यूयोर्ककी महान्यायाधीवक्ता जेम्सले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको संस्थाले राष्ट्रपति बन्नु पूर्व गरेका आर्थिक गतिविधिमाथि छानबिन गरिरहेका छन् ।

ट्रम्पले कुनै पनि गलत काम नगरेको भन्दै आफूमाथि भइरहेको अनुसन्धान पूर्ण रुपमा राजनीतिक रहेको प्रतिक्रिया दिनु भएको छ । ट्रम्प अर्गनाइजेशनमाथि देवानी प्रकृतिको अनुसन्धान सन् २०१९ को मार्चमा सुरु भएको हो । ट्रम्पले बैंकहरुबाट ऋण लिने प्रयोजनका लागि आफ्नो सम्पत्तीको मूल्यांकन भए भन्दा अधिक देखाएको आरोप छ ।

न्यूयोर्ककको महान्यायाधीवक्ता कार्यालयले ट्रम्प अर्गनाइजेशनका म्यानहटन, न्यूयोर्क, सिकागो र लस एन्जलसमा रहेका कार्यलयबाट कागजातहरु पनि माग गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);