पूर्व राष्ट्रपति ट्रम्प फेसबुक–इन्स्टाग्राममा फर्किने, मेटाले खाता पुनस्थापित गर्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

पूर्व राष्ट्रपति ट्रम्प फेसबुक–इन्स्टाग्राममा फर्किने, मेटाले खाता पुनस्थापित गर्दै

वासिङ्टन,१२ माघ । मेटाले पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक र इन्स्टाग्राम खाता आगामी हप्ताहरूमा पुनस्थापित हुने घोषणा गरेको छ। अमेरिकी सञ्चारमाध्यमका अनुसार डोनाल्ड ट्रम्पको फेसबुक र इन्स्टाग्राम अकाउन्ट चाँडै नै रिस्टोर गरिने छ ।

मेटाले पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक र इन्स्टाग्राम खाताहरू आगामी हप्ताहरूमा पुनस्थापित हुने घोषणा गरेको छ । क्यापिटलमा दंगा भड्काएको आरोपमा ट्रम्पको खाता दुई वर्ष पहिले निलम्बन गरिएको थियो। यसबाहेक ट्रम्पको ट्वीटर अकाउन्ट पनि सस्पेन्ड गरिएको छ ।

यसअघि अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पले मेटालाई आफ्नो फेसबुक अकाउन्ट रिस्टोर गर्न आग्रह गरेको रिपोर्ट सार्वजनिक भएको थियो । ट्रम्पको खाता दुई वर्षअघि जनवरी ६, २०२१ को राजधानी दंगापछि बन्द गरिएको थियो।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);