नाइजेरियामा बम विष्फोट हुँदा ५० भन्दा बढी गोठालाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

नाइजेरियामा बम विष्फोट हुँदा ५० भन्दा बढी गोठालाको मृत्यु

एजेन्सी, १२ माघ । नाइजेरियामा बुधबार भएको बम विस्फोटमा परी ५० भन्दा बढी गोठालाको मृत्यु भएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार यो विस्फोट मध्य नाइजेरियामा भएको थियो जसमा ५० जनाको मृत्यु भएको थियो । अरु धेरै घाइते भएका छन् ।

विस्फोट भएको क्षेत्र जातीय र धार्मिक तनावका लागि परिचित छ । नसरावा र बेनु राज्यको सिमानामा पर्ने गाउँ रुकुबीमा गोठाला र उनीहरुका गाईवस्तुहरु रहेका बेला बम विष्फोट भएको बताइएको छ । यसमा ५० भन्दा बढीले ज्यान गुमाएका छन् ।

नाइजेरिया सरकारको अनुसार फुलानी गोठालाहरूको एउटा समूहले आफ्ना गाईवस्तुहरू बेनुबाट नासरावामा सार्दै गर्दा उक्त क्षेत्रमा विस्फोट भएको थियो। । घाइतेको संख्या अनगिन्ती छ । यद्यपी बम विष्फोट कसले गराएको हो भन्ने बारे उनले अहिलेसम्म कुनै जानकारी आएको छैन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);