अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर एकाउन्ट लक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर एकाउन्ट लक

donald trump

एजेन्सी, २३ पुष । सामाजिक सञ्जाल ट्वीटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एकाउन्ट लक गरेको छ । चुनावबारे प्रमाण बिहीन दाबीसहितको ट्वीटका कारण कम्तिमा १२ घण्टाका लागि ट्रम्पको एकाउन्ट लक गरिएको ट्वीटरले जनाएको छ ।

ट्वीटरले अहिले भइरहेको असामान्यत गतिविधि र वासिङ्गटन डिसीमा जारी हिंसात्मक गतिविधिका कारण ट्रम्पले पोस्ट गरेका तीन ट्वीट उश्रृखल भएको बताउँदै ती ट्वीटले ट्विटरको नीति उल्लंघन गरेको उल्लेख गरेको छ ।

भविष्यमा यस्ता कुनै गतिविधि भएमा ट्रम्पको ट्वीटर ह्याण्डल सदाका लागि हटाउन बाध्य हुनेसमेत चेतावनी दिएको छ । यसैबिच ट्रम्पले आफ्ना हतियारधारी प्रदर्शनकारीलाई उनीहरुले संसद भवनमा आक्रमण गरिरहेका बेला गरेको सम्बोधनको भिडियो फेसबुक, युट्युब र ट्वीटरले हटाउनुभएको छ ।

ट्रम्पको उक्त भिडियोमा प्रमाण बिना धाँधली गरेर आफूबाट चुनावी नतिजा खोसिएको आरोप लगाउनुभएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);