अमेरिकाको विस्कन्सिन राज्यमा पुनः मतगणना गर्न ट्रम्पको माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

अमेरिकाको विस्कन्सिन राज्यमा पुनः मतगणना गर्न ट्रम्पको माग

एजेन्सी, ४ मंसिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विस्कन्सिन राज्यमा पुनः मतगणनाको माग गर्नुभएको छ ।

अमेरिकामा हालै सम्पन्न राष्ट्रपति निर्वाचनमा जो बाइडेनल २० हजार मतले विजयी हुने अनुमान गरिएकोमा विस्कन्सिन राज्यको पुनः मतगणना गर्नुपर्ने माग ट्रम्पले गर्नुभएको अन्तराष्ट्रिय संभार माध्यमहरुले जनाका छन् ।

ट्रम्पको चुनावी अभियानले चुनावमा अनियमितता भएको भन्दै मिलवाकी र डेनको काउन्टीमा पनि पुनः मतगणना गर्न माग गरेको छ । निर्वाचन अधिकृतहरुले अनियमितताको कुनै प्रमाण नभएको दाबी गरिरहेकै बेला ट्रम्पले पुनः मतगणको माग गर्नुभएको हो ।

विस्कन्सिन राज्यको कानुन अनुसार राष्ट्रपति पदका उम्मेदवारलाई चित नबुझेको खण्डमा पुनः मतगणना गर्न लगाउने अधिकार रहेकोले पनि ट्रम्पले पुन मतगणनाको माग गर्नुभएको बताइएको छ । पुनः मतगणनाका लागि करिब ८० लाख अमेरिकी डलर खर्च हुने अमेरिकी निर्वाचन अधिकृतहरुले जनाएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);