चीनमा विकास गरिएको कोरोनाविरुद्धको खोपको नतिजा सकारात्मक | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

चीनमा विकास गरिएको कोरोनाविरुद्धको खोपको नतिजा सकारात्मक

corona vaccine test

एजेन्सी, ३ मंसिर । चीनमा विकास गरिएको कोरोना भाइरस विरुद्धको खोपको नतिजा सकारात्मक देखिएको छ । चीनमा विकास गरिएको कोरोना भाइरस विरुद्धको खोपले मध्य तहको परीक्षणमा प्रभावकारी नतिजा दिएको अनुसन्धानकर्ताले बताएका छन् ।

चीनमा कोरोना भाइरसविरुद्ध धेरै खोपहरु विकास भइरहेका छन् । त्यसमध्ये केहीले आकस्मिक प्रयोगका लागि स्वीकृत पाइसकेका छन् । सिनोभाक बायोटेकले विकास गरेको खोप करिब ७ सय जनामा गरिएको परीक्षणमा सकारात्मक देखिएको अनुसन्धानकर्ताले बताएका छन् ।

खोपले प्रतिरक्षा प्रणाली विकास गरेको अनुसन्धानमा संलग्न वैज्ञानिकहरुको भनाई छ । फाइजर तथा मोदेर्नाले विकास गरेका खोप अन्तिम चरणको परीक्षणमा प्रभावकारी देखिएका बेला चीनमा विकास गरिएको अर्को खोपको मध्य तहको वा दोस्रो चरणको परीक्षणमा सकारात्मक नतिजा आएको हो ।

फाइजरको खोपको प्रभावकारिता ९० प्रतिशत तथा मोदेर्नाको खोपको प्रभावकारिता झण्डै ९५ प्रतिशत देखिएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);