५० बालबालिकामाथि यौन उत्पीडन गरेको आरोपमा ईन्जिनियर पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

५० बालबालिकामाथि यौन उत्पीडन गरेको आरोपमा ईन्जिनियर पक्राउ

एजेन्सी,३ मंसिर । भारतको उत्तरप्रदेशमा करिब ५० बालबालिकामाथि यौन उत्पीडन गरेको आरोपमा का एक जुनियर ईन्जिनियर पक्राउ परेका छन् ।

उत्तर प्रदेशको सिंचाई विभागमा कार्यरत जुनियर इन्जिनियर बालबालिकाहरुमाथि यौन उत्पीडन गरेको आरोपमा पक्राउ परेका हुन् ।

ती ईन्जिनियर ५० बालबालिकामाथि यौन उत्पीडन गरेको, त्यसको भिडियो बनाएको र तस्बिर बेचेको आरोपमा पक्राउ परेको भारतीय संचार माध्यमहरुले जनाएका छन् । उनले अनलाइनमार्फत यौन उत्पीडन गरेको बताइएको छ ।

ती ईन्जिनियरमाथि विगत १० वर्षदेखि ५ देखि १६ वर्षसम्मका बालबालिका र किशोरीहरुमाथि यौन उत्पीडन गरेको आरोप लागेको छ । यौन उत्पीडनमा पर्ने बालिका र किशोरी उत्तर प्रदेशको चित्रकुट, बांदा र हमिरपुरा जिल्लाका रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);