कोरोना भाइरस विरुद्धको खोपको क्लिनिकल परीक्षण स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

कोरोना भाइरस विरुद्धको खोपको क्लिनिकल परीक्षण स्थगित

एजेन्सी, २४, भदौ । अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको कोरोना भाइरस विरुद्धको खोपको क्लिनिकल परीक्षण स्थगित भएको छ ।

खोपको तेस्रो चरणको परीक्षणमा विश्वविद्यालयले विश्वका विभिन्न ठाउँमा गरी झण्डै ३० हजार मानिसलाई सहभागी गराएकामा एक व्यक्ति परीक्षणका क्रममा बिरामी परेपछि स्थगित भएको हो ।

सुरक्षा मानकको समिक्षा गरेर मात्रै परीक्षण पुनः शुरु गर्ने वा नगर्ने निर्णय गरिन लागेको बीबीसीले जनाएको छ । यो घटनाले सबैभन्दा पहिले प्रयोगमा आउने र सुरक्षित हुने ठानिएको खोपको परीक्षण नै स्थगित भएपछि कोरोना विरुद्धको अभियानमा धक्का लागेको बताइएको छ ।

अहिले विश्वभरमा झण्डै एक दर्जन ठाउँमा कोरोना विरुद्धको खोपको परीक्षण भैरहेको छ । तीमध्ये सबैभन्दा अगाडि अक्सफोर्ड विश्वविद्यालयको परीक्षण रहेको र यो परीक्षण सफल भएमा उत्पादनमा जान सकिने बताइदै आएको थियो ।

अक्सफोर्ड विश्वविद्यालयका प्रवक्ताले ठूलो ट्रायलमा बिरामी हुने सम्भावनाहरु रहने तर यसको सावधानीपूर्वक जाँच आवश्यक रहेको बताएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);